काठमाडाैं - सरकारले १० युनिटसम्म बिजुली खपत गर्नेसँग शुल्क नलिने भएको छ । सघिय संसदकाे संयुक्त बैठकमा अहिले आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले बजेट वक्तव्यमा उक्त सीमासम्म विद्युत् खपत गर्नेलाई निशुल्क विद्युत् दिने बताएका हुन् ।
मासिक १० युनिटसम्म खपत गर्नेलाई निःशुल्क, मासिक १५० युनिटसम्म खपत गर्नेलाई २५ प्रतिशत र मासिक २ सय ५० युनिटससम्म खपत गर्ने ग्राहकलाई १५ प्रतिशत विद्युत छुट दिने भएकाे छ ।
यस्तै उद्योगले माग कम भएको समयमा बिजुली खपत गरेमा ५० प्रतिशत छुट पाउनेछ ।