काठमाडाैं– संघिय सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे बजेटमा बृद्धी गर्दै ९० अर्ब ६९ करोड पुर्याएकाे छ। संघिय संसदकाे संयुक्त बैठकमा अहिले आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले स्वास्थ्य क्षेत्रका काउन्सिल, आयोग, प्रतिषठान र अनुसन्धान केन्द्रमा एकरुपता ल्याई व्यवस्थीत एकिकृत छाता ऐन तर्जुमा गरिने बताए ।
अर्थमन्त्री खतिवडाका अनुसार सबै नाकामा स्वास्थ्य डेक्स स्थापना गरिनेछ। बजेटमा २७२ अस्पताल निर्माण गर्न १४ अर्ब २६ करोड छुटाइएको छ। महिला स्वास्थ्यलाई मध्यनजर गरी निशुल्क सेवाकाे रुपमा व्यवस्था गरिनेछ र आकास्मिक स्वास्थ्य सेवा निशुल्क गरिने छ।
त्यस्तै नेपालमै सुपर स्टालिटियम केन्द्र स्थापना गरिने र कोरोना जस्ता रोगहरुको पहिचान गरिने मन्त्री खतिवडाले बताए।
कान्ति बाल अस्पतालमा आईसियु थप गर्ने र उच्च शिक्षाका लागि तयार पार्ने, विकट गाउँहरुको लागि टेलिसेलिटिन सेवा ल्याइने, गंगालाल अस्पतालमा बाल मुटु अस्पताल बनाइने, उपकरण थप गरिने उनले बताए ।
निरोगी नेपाल अभियानलाई सफल बनाउन स्वस्थ खानामा जोड दिइने र व्यायाम तथा योगा केन्द्र स्थापना गरिने बजेटमा उल्लेख छ। ५२ हजार स्वास्थ्यकर्मीका परिवारलाई दिँदै आएको स्वास्थ्य बिमालाई निरन्तरता दिइने र यातायात खर्च दोब्बर गराइने तथा बढी दुर्घटना हुने क्षेत्रमा ट्रमा सेन्टर स्थापना गरिने अर्थमन्त्री खतिवडाले बताए ।