सरकारले आर्थिक बर्ष २०७७/७८ काे बजेट आज संघिय संसदकाे संयुक्त बैठकमा प्रस्तुत गरेकाे छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक बर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ कराेडकाे बजेट प्रस्तुत गरेका हुन् । चालु आर्थिक बर्षकाे भन्दा आगामी बर्षकाे बजेटकाे आकार घटेकाे छ । चालु आर्थिक वर्षको बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रहेकाे थियाे।
नेपालमा कोरोना भाइरसको कुल संक्रमित संख्या हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार १ सय ५६ जना नयाँ संक्रमित थपिएसँगै संक्रमित संख्या १ हजार ४२ पुगेको बताए।
नेपाली सेनाले चीनबाट १४ टन स्वास्थ्य सामाग्री ल्याएको छ। चीनको ग्वाङ्जाओबाट नेपाल एयरलाइन्सको जहाजमार्फत नेपाली सेनाले दोस्रो पटक स्वास्थ्य सामाग्री ल्याएको हो। स्वास्थ्य सामग्री लिन जहाज बुधबार नै चीन उडेको थियो। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले यस अघि जेठ ६ गते १८।९ टन स्वास्थ्य सामग्री पहिलो चरणमा ल्याएको जानकारी दिए। प्रवक्ता पाण्डेका अनुसार, २८ हजार पीसीआर किट, पीपीईलगायतका स्वास्थ्य सामग्री ल्याइएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेको छ। नेपालको संविधान धारा २७६, फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ तथा फौजदारी कसूर ९कैद कट्टा० नियमावली २०७६ बमोजिम रामबहादुर भनिने रमेश विश्वकर्मासहित कैदीलाई सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति जारी सो जानकारी दिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ गणतन्त्र दिवसका अवसरमा आज सन्देश दिँदै अधिकार र कर्तव्यको न्यायोचित सन्तुलनले नै गणतन्त्रलाई सफल र सार्थक तुल्याउने बताएका छन् । सरकारको प्रयास गणतन्त्रलाई हरेक हिसाबले परिपूर्ण बनाउने कुरामा केन्द्रित रहेको उल्लेख गर्दै उनले सन्देशमा जनता साँचो अर्थ सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय तथा महान् उत्सवको दिन भएको स्मरण गरेका छन्।
गीतकार रत्नशमशेर थापाको आज ९बिहिबार० ८१ वर्षको उमेरमा निधन भएको छ। बिहीबार दिउँसो १२ बजे नर्भीक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। शिक्षण अस्पतालमा मुटुको शल्यक्रिया गरेर कमलपोखरीस्थित घरमै आराम गर्दै आएका थापालाई बुधबार नर्भिक अस्पताल भर्ना गरिएको थियो।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सङ्घीय संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा यही जेठ १७ गते दिउँसो १ बजे बस्ने बैठकमा सो प्रस्ताव सम्बन्धमा छलफल हुने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ सरुवा भएर आएकै दिन जिल्ला सुरक्षा समितिको बैठकबाट बुधबार रातिदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको हो। सुरक्षा समितिले बुधबार राति १० बजेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा ६–३ र संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लामा निषेधाज्ञा जारी गरेको प्रजिअ कुरुम्वाङद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
सोती घटनामा हराएकामध्ये भेरी नगरपालिकाका वडा नं ४ का सन्दीप विकको शव छेडागाड नगरपालिका १३ कालाभिरमा फेला परेको छ। योसँगै पाँचजनाको शव फेला परेको सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले जानकारी दिएका छन्। बुधबारमात्र लोकेन्द्र सुनारको शव फेला परेको थियो। गत १० जेठमा भएको घटनामा भेरी नगरपालिका–११ का गोविन्द शाही अझै बेपत्ता छन्। भेरी नगरपालिका–४ का नवराज विक, लोकेन्द्र सुनार, गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ।
कैलालीको त्रिनगर नाकाबाट आज पनि ठूलो सङ्ख्यामा नेपालीको उद्धार गरिएको छ। स्थानीय प्रशासनको समन्वयमा भारतमा अलपत्र परेका चार हजार ७९६ जना नेपालीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिएका छन्। उद्धार गरिएका कसैको पनि कोरोना सङ्क्रमणको परीक्षण हुन नसकेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताएका छन्।