एजेन्सी– चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरस (काेभिड–१९) को महामारी हाल भारतमा चीनमा भन्दा झण्डै दोब्बर रहेको छ।
वल्र्डमिटर्सको पछिल्लो तथ्याङकअनुसार भारतमा कूल १ लाख ६५ हजार ३ सय ८६ जना कोरोना संक्रमित रहेका छन् भने चीनमा कुल ८२ हजार ९ सय ९५ जना संक्रमित रहेका छन्। चीनमा भने महामारी नियन्त्रणमा आइसकेको छ।
हाल भारत विश्वमा सर्वा्धिक संक्रमण फैलिएका शीर्ष १० देशमध्ये नवौं स्थानमा छ। भारतमा ७० हजार ९ सय २० जना निको भइसकेका छन् भने ४ हजार ७ सय ११ जनाको कोारोनाको कारण मृत्यु भइसकेको छ।
हालसम्म नेपालमा संक्रमितको संख्या १ हजार ४२ पुगेको छ। त्यसमध्ये १ सय ८७ जना निको भएका छन् र ५ जनाले ज्यान गुमाइसकेका छन्।