एजेन्सी– ब्राजिलमा एकैदिन कीर्तिमानी संख्यामा नयाँ संक्रमितहरू फेला परेका छन्। अन्तराष्ट्रिय सञ्चारमाध्यम रोयटर्सको अनुसार ब्राजिलमा २४ घण्टामै २६ हजार ४ सय १७ जना नयाँ कोरोना संक्रमित भेटिएका हुन्।
विश्वमा सर्बाधिक संक्रमण फैलिएका शीर्ष देशमध्ये ब्राजिल दोश्रो स्थानमा छ। पहिलो नम्बरमा भने अमेरिका रहेको छ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ३८ हजार २ सय ३८ पुगेको छ। जसमध्ये २६ हजार ७ सय ५४ जनाले ज्यान गुमाइसकेका छन् भने १ लाख ९३ हजार १८१ जना निको भइसकेका छन्।