लमही– दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट आज आठ कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। कोरोना विशेष अस्पतालमा यही जेठ २ गते भर्ना भएका उनीहरुलाई दुईपटकसम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक द्रोणबहादुर वलीले जानकारी दिएका छन्।
वलीका अनुसार घर फर्कनेमा कपिलवस्तुका चार, बाँकेका तीन र दाङ, गढवाका एक छन्। कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका ४५ मध्ये आठ जना निको भएपछि ३७ कोरोना संक्रमितको उपचार भइरहेको छ। अस्पतालमा रुकुम–पूर्व, रुपन्देही, कपिलवस्तु, बाँके,दाङ र बर्दियाका छन्। उपचार गराइरहेकामध्ये दुई महिला भएको वलीले बताएका छन्। रासस