काठमाडाैं - नेपालमा आज एकै दिन थप १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा कुल संक्रमितको संख्या १२ सय १२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशका विभिन्न जिल्लामा गरी १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए। आज सङ्क्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै राैतहटका रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोशी अस्पतारको प्रयोगशालामा गरेको परिक्षणमा झापाका २७ जना १८ देखि ४१ वर्षमा पुरुषमा कोरोना पोजेटिभ देखिएको हो। धरान बिपि कोइराला असपताको प्रयोगशालामा मा गरेको परिक्षणमा सपतहरीका ४ जना २० देखि २६ बर्षसम्मका पुरुषमा देखिएको छ। त्यस्तै झापा भद्रपुरका ३४ वर्षिय पुरुषमा भेटिएको छ।
नारायणी अस्पतामा गरिएको प्रयोगशालामा परिक्षणमा बाराका ४ जना २७ देखि ४५ वर्षका पुरुष रहेका छन्। र पर्साका ५ जना २१ देखि ४२ वर्षसम्मका पुरुषमा पोजेटिभ देखिएको छ। पाटन अस्पताको प्रयोगशाला गरिएको परिक्षणमा एक जना ३१ वर्षिया महिला रहेकी छिन्। गण्डकी अस्पतालको प्रयोगशालमा गरिएको परिक्षणमा एक जना म्याग्दीका ३० वर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो।
भेरी अस्पतालको प्रयोगशालमा गरिएको परिक्षणमा १० जना बाँकेका १७ देखि ४१ बर्षसम्मका पुरुषमा भेटिएको हो। भरतपुर अस्पतालमा गरिएको परिक्षणमा ६ जना कपिलबस्तुमका ४ जना २३ देखि २६ वर्षसम्मका पुरुषमा देखिएको हो। त्यस्तै नवलपरासीका १९ र २१ वर्षिय पुरुषमा पनि भेटिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ८४ जनामा पुष्टि भएको छ कपिलबस्तुमका २३ जना ७ वर्षिय बालकादेखि ५२ वर्षसम्मका पुरुष रहेका छन्। त्यस्तै रैतहटका ५६ जना दुई जना बालिकासहित ५४ जना २२ देखि ७० वर्षसम्मका पुरुषहरु छन्। सर्लाहीका ४ जना १९ देखि ३० वर्षसम्मका ३ जना पुरुष १ जना महिला रहृका छन्।
रुपनदेहिको प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा १६ जनाको पोजेटीभ आएको छ। जसमध्ये कपिलवस्तुका १७ देखि ४४ वर्षसम्मका १५ जना पुरुषहरु रहेका छन्। रुपन्देहीका एक जना २७ जना पुरुष रहेका छन्।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा गरिएको परिक्षणमा ११ जनाको पोजेटिभ आएको छ। दाङका २ जना २८ र ४१ वर्षिय पुरुष रहेका छन् भने कपिलवस्तुका ९ जना १७ देखि ५२ वर्षका पुरुषमा रहेको छ। यसरी १ सय ६५ जना पुरुष र ५ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।
सङ्क्रमितमध्ये दुई सय ६ जना निकाे भएका छन् भने ज्यान गुमाउनेकाे सङ्ख्या ६ पुगेकाे मन्त्रालयले जनाएकाे छ । पछिल्लो समय थप १९ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या २०६ पुगेको डा देवकोटाले जानकारी दिए।स्वास्थ्य मन्त्रालयका अनुसार पाटन अस्पतालबाट ७ ,टेकु अस्पतालबाट २, बलम्बुबाट २ र कोरोना विशेष अस्पताल दाङबाट ८ जना संक्रमितहरु संक्रमणमुक्त भएर डिस्चार्ज भएका हुन्।