भारतको राजधानी दिल्लीमा फेरी भुकम्पको धक्का महशुस भएको छ। दिल्लीबाहेक अन्य राज्यहरुमा पनि भुकम्पको धक्का महशुस भएको भारतिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्। भुकम्प ४.६रेक्टर स्केलको भएको आंकलन गरिएको छ।
पछिल्लो केहि महिनादेखी दिल्ली एनसिआरमा केहि दिनको अन्तरालमा भुकम्पको धक्का महशुस भइरहेको छ। का दिल्ली–एनसीआर समेत पंजाब, हरियाणा र उत्तर प्रदेशका केहि इलाकाहरुम पनि धुकम्पको धक्का महशुस भएको छ।
भुकम्पको केंद्र हरियाणाको रोहतक भन्ने स्थानमा रहेको थियो। ९ बजेको करिवमा आएको भुकम्प १५ सेकेण्डसम्म महशुस भएको थियो।