प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउसो बस्दैछ ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सरकारले संसदमा दर्ता गराएको निसान छाप परिवर्तन गर्ने सम्बन्धि संविधान संशोधन विधेयकका बारेमा छलफल हुनेछ । यद्यपि कांग्रेसले संविधान संशोधनका पक्षमा मतदान गर्ने यसअघि नै बताईसकेको छ ।
मधेषवादी दलहरुले आफूहरुले उठाउँदै आएका मागहरु समेत यसैबेला संविधान संशोधनमार्फत सम्बोधन गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भने अहिले संविधान संशोधनको मुद्धा भौगोलिक अखण्डता र राष्ट्रियतासँग जोडिएको विषय भएकाले अन्य विषय मिसाउन नहुने धारणा राख्दै आएका छन् ।
कांग्रेस बैठकमा तिब्र गतिमा फैलिरहेकाे काेराेनाकाे संक्रमण तथा लकडाउनका विषयमा पनि छलफल हुने कांग्रेसका एक नेताले बताए ।