सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे सचिवालय बैठकले एमसीसीबारे निर्णय गर्ने जिम्मेवारी संसदलाई नै सुम्पिने निश्कर्ष निकालेको छ ।
प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा शनिबार बसेको नेकपाकाे केन्द्रीय सचिवालय बैठकमा एमसीसी परियोजनाबारे सहमती नजुटेपछि निर्णय गर्ने जिम्मेवारी संसदलाई दिनेमा नेताहरु सहमत भएका छन् । यद्यपि एमसीसी संसदमा विचाराधीन रहँदासम्म त्यससँग सम्बन्धित बजेटमा उल्लेखित कुनै पनि प्रावधान कार्यान्वयन नगर्ने सचिवालयले निर्णय गरेकाे छ ।
आजकाे बैठकमा एमसिसि कार्यदलका सदस्यहरु परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र स्थायी समिति सदस्य भीम रावलका साथै अर्थमन्त्री डा. युवराज खतिवडा पनि सहभागि थिए ।
सरकारले सार्वजिनक गरेकाे आगामी आर्थिक वर्षकाे बजेटमा घुमाउराे ढंगले एमसिसि समावेश गरिएकाे भन्दै नेकपा नेताहरुले आवाज उठाएपछि पार्टीभित्र एमसिसिकाे विषय पुन: बल्झिएकाे छ ।