प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा संविधान संशोधनकाे पक्षमा मतदान गर्ने प्रस्तावमाथि छलफल भएकाे छ।
शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले नयाँ नक्सासम्बन्धि संविधान संशाेधनकाे पक्षमा मतदान गर्न संसदिय दललाई निर्देशन दिने प्रस्ताव पेश गरेका हुन् ।
शनिबार दिउसाे शुरु भएकाे बैठकमा साे प्रस्तावमाथी केन्द्रीय सदस्यहरुले बाेल्ने क्रम जारी छ । अधिकांस केन्द्रीय सदस्यहरुले संविधान संशाेधनकाे पक्षमा धारणाा राखेका छन् ।
सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर जारी गरेकाे नेपालकाे नक्सा संविधानमा उल्लेख निसान छापसँग मिलाउन एक साता अघि संविधान संशाेधन विधेयक संसदमा दर्ता गराएकाे छ । कांग्रेसकाे केन्द्रीय पदाधिकारी बैठकले संशाेधनकाे पक्षमा मतदान गर्ने निर्णय गरेपनि त्यसबारे औपचारिक निर्णय गर्न केन्द्रीय समिति बैठक बाेलाएकाे हाे ।
केन्द्रीय सदस्यहरुले बाेल्नेक्रम भाेली आइतबार सकिएसँगै कांग्रेसले संविधान संशाेधनबारे पनि औपचारिक निर्णय गर्नेछ ।