काठमाडाैं– सरकारले नेपालको नयाँ नक्सासम्बन्धि संविधान संशोधन विधेयक आज (आइतबार) प्रतिनिधि सभामा पेश गर्ने भएको छ।
कालापानी, लिपुलेख र लिम्पियाधुरा समेटिएको नेपालको अद्यावधिक नक्सा संविधानमा उल्लेख निसान छापसँग मिलाउन सरकारले संविधान संशोधन विधेयक संसदमा पेस गर्न लागेको हो।
शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले नयाँ नक्सासम्बन्धि संविधान संशोधनको पक्षमा मतदान गर्न संसदिय दललाई निर्देशन दिने प्रस्ताव पेश गरेका थिए।
सरकारले नयाँ नक्सासम्बन्धि संविधान संशोधन विधेयक एक साता अघि संविधान संशोधन विधेयक संसदमा दर्ता गराएको छ।