काठमाडाैं - संविधान संशोधन विधेयक आइतबार प्रतिनिधिसभामा पेस भएको छ । कानुनमन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ संसदमा पेस गरेकी हुन् ।
सरकारले जारी गरेकाे नेपालकाे अद्यावधिक नक्सा अनुरुप संविधानमा रहेकाे निशान छाप परिवर्तन गर्न सरकारले एक साताअघि संविधान संशाेधन विधेयक संसदमा दर्ता गराएकाे थियाे । गत साता नै साे विधेयक प्रतिनिधि सभामा पेश गर्ने कार्यक्रम तय गरिएपनि अन्तिम समयमा आएर कार्यसुचीबाट हटाइएपछि दलहरुविच आराेप प्रत्याराेप नै चलेकाे थियाे ।
कानूनमन्त्रीले आज पेश गरेको संविधान संशोधन विधेयकमाथि सासदहरुले संशाेधन प्रस्ताव दर्ता गराउन सक्नेछन् । त्यसका लागि ३ दिनको समय दिनुपर्ने संसद नियमावलीमा व्यवस्था छ । संविधान संशोधनको प्रस्ताव पारित हुन संसदमा दुई तिहाइ मत आवश्यक पर्छ ।