समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले स्वास्थ्य क्षेत्रमा कम्तिमा १० प्रतिशत बजेट लगानी गनुपर्ने बताएका छन्। प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले स्वास्थ्य भनेको राज्य र सामाजिक क्षेत्रको दायित्व भएको भन्दै यसको दायित्व राज्यले लिनुपर्ने बताएका छन्। उनले निजी स्वास्थ्य क्षेत्रमा व्यापार हुनुहुदैन भन्दै विराेध पनि जनाएका छन्।
पुर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले कालोसेतो नभनि सम्पत्ति स्वयं घोषणा गर्न दिन सरकारको ध्यानाकर्षण गराएका छन्। ‘सम्पत्ति स्वयं घोषणा गर्न दिउँ, कालोसेतो नभनौं एकचोटीलाई’ उनले भने ‘सबैले सम्पत्ति अभिलेखीकरण गरौं। त्यो गर्याे भने राजस्व बढ्छ।’
उनले जंगल, जमिन र पानी लगायतका प्राकृतिक स्रोत साधन राष्ट्रियकरण अथवा सामुदायिकीकरण गरी भोग अधिकार गर्न दिने हो भने कृषी क्रान्ती हुने धारणा व्यक्त गरे ।
भट्टराईले छुवाछुतको अन्त्य गर्न सबैको थर परिवर्तन गरि कामी लेख्न प्रश्तावसमेत राखेका छन्। उनले रुकुमकाे घटनालाई स्मरण गर्दै यस्तो बताएका हुन्।