नेपालमा आइतबार १ सय ६६ जना काेराेनाका नयाँ संक्रमित फेला परेका छन्। योसँगै नेपालमा संक्रमितहरुको संख्या १ हजार ५ सय ६७ पुगेको छ।
यीमध्ये ८ जनाको मृत्यु भइसकेको छ भने २ सय २० जना उपचारपछि निको भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले १७ जिल्लाका १ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए। जसमा एक सय ६२ पुरुष र ४ महिला रहेका छन्।
मन्त्रालयकाे तथ्याङ्क अनुसार, आइतबार सबैभन्दा धेरै रौतहटमा २९ जना संक्रमित थपिएका छन् भने सल्यानमा २५ तथा धनुषामा २१ जनामा संक्रमण देखिएकाे छ । कालिकोट र दैलेखमा १८/१८ जनामा भाइरसकाे संक्रमण भेटिएकाे छ । यसैगरी सप्तरीमा १२, सर्लाहीमा १०, बाँकेमा ८, पर्सा र कपिलवस्तुमा ५/५, झापामा ४, बाजुरा र कैलालीमा ३/३, स्याङ्जामा २ तथा तनहुँ, सुर्खेत र मोरङमा १/१ जना कोरोना संक्रमित थपिएकाे मन्त्रालयकाे तथ्याङ्क छ ।
नेपालमा देखिएका कुल संक्रमित मध्ये १ हजार ४ सय ५० जना पुरूष र १ सय १७ जना महिला छन्। मन्त्रालयका अनुसार, पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको आशंकामा २ हजार ८ सय ५३ वटा नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
