डोटी– जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीका अनुसार मृत्यु हुनेमा जिल्लाको केआइसिंह गाउँपालिका–४ वायलकी २९ वर्षीया नारु कार्की रहेकी छन्। मृत्युको कारणबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ।
सुत्केरी व्याथा लागेर तीन दिन पहिले अस्पताल भर्ना भएकी उनको शल्यक्रियामार्फत सुत्केरी गराइएको थियो। सुत्केरी भएको दुई दिनपछि आज बिहान उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। नवजात शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। रासस