१. थपिए १ सय ६६ नयाँ संक्रमित, कुल संक्रमित १ हजार ५ सय ६७
नेपालमा आइतबार १ सय ६६ जना काेराेनाका नयाँ संक्रमित फेला परेका छन्। योसँगै नेपालमा संक्रमितहरुको संख्या १ हजार ५ सय ६७ पुगेको छ। यीमध्ये ८ जनाको मृत्यु भइसकेको छ भने २ सय २० जना उपचारपछि निको भएका छन्।
२. संविधान संशोधन विधेयक प्रतिनिधि सभामा पेस
संविधान संशोधन विधेयक आइतबार प्रतिनिधिसभामा पेस भएको छ । कानुनमन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ संसदमा पेस गरेकी हुन् ।सरकारले जारी गरेकाे नेपालकाे अद्यावधिक नक्सा अनुरुप संविधानमा रहेकाे निशान छाप परिवर्तन गर्न सरकारले एक साताअघि संविधान संशाेधन विधेयक संसदमा दर्ता गराएकाे थियाे ।
३. स्वास्थ्य क्षेत्रमा कम्तिमा १० प्रतिशत बजेट लगानी गनुपर्छः डा. बाबुराम भट्टराइ
समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले स्वास्थ्य क्षेत्रमा कम्तिमा १० प्रतिशत बजेट लगानी गनुपर्ने बताएका छन्। प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले स्वास्थ्य भनेको राज्य र सामाजिक क्षेत्रको दायित्व भएको भन्दै यसको दायित्व राज्यले लिनुपर्ने बताएका छन्। उनले निजी स्वास्थ्य क्षेत्रमा व्यापार हुनुहुदैन भन्दै विराेध पनि जनाएका छन्।
४. लिम्पीयाधुराको सडकमा यातायात चलाउने भारतको तयारी !
लिम्पीयाधुरा–लिपुलेकमा भारतले बनाएको सडकमा भारतले यातायात सञ्चालन गर्ने तयारी गरेका नेकपाका सांसद बिरोध खतिवडाले बताएका छन्। आइतबार प्रतिनीधी सभाको बैठकमा बोल्दै उनले सरकारले भारतको यो कदम तत्काल रोक्न सुझाव दिए। ‘‘कुटनितीक वार्ता हुँदै जान्छ’’, सांसद खतिवडाले भने, ‘‘तत्काल यातायात सञ्चालनमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराउछु।’’ भारतले सडक उद्घाटन गरेर सडक सुचारु गर्न चाहेको भन्दै यसमा सबै पक्षले चासो दिनुपर्ने उनले बताए।
५. हरेक दिन यस्तो प्रण गरौं !
सन १९८७ देखि नै ३१ मेका दिन विश्व धुम्रपानरहित दिवस मनाउँदै आएका छौं ।विश्वभर रहेका मानिसहरुको स्वास्थ्यलाई ध्यानमा राखेर यसबाट हुन सक्ने जटिलताहरु न्युनिकरण गर्नेतर्फ सचेत गराउँदै संसारभर यो दिवस मनाउने गरिन्छ। आजको दिन धुम्रपानको खपत कम गर्न नीति बनाउने तथा समाजमा धुम्रपान सम्बन्धि जनचेतना कार्यक्रम गर्ने र चुरोट, गाँजा, हूक्का, विडी लगायतका धुवाजन्य उपभोगका वस्तुले स्वास्थ्यमा गर्ने हानीका बारेमा संसारभर जनजागरण फैलाउने गरिन्छ।
६. बजेट यथार्थपरकः सांसद पौडेल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विष्णु पौडेलले कोभिड–१९ लाई सामना गर्ने, आर्थिक पुनःउत्थानमा ध्यान दिने तथा निर्वाचनमा नेकपाले प्रस्तुत गरेको घोषणापत्र अनुसरण गर्ने प्रतिबद्धताका साथ आगामी आर्थिक वर्षको बजेट आएको बताएका छन् ।
७. गण्डकी प्रदेशकाे वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत
गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको बैठकस्थल पोखरा सभागृहमा आज नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।प्रदेश प्रमुख शेरचनलाई प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रदेश सरकारका मन्त्री, प्रतिपक्षी दलका नेतालगायतले स्वागत गरेका थिए ।
८. सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम सोमबार
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम जेठ १९ गते सोमबार (भोलि) प्रस्तुत गर्ने भएको छ । प्रदेशका सभामुख अर्जुनबहादुर थापाले भोलि दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरिने कार्यसूची तय भएको जानकारी दिए ।
९. १३ वर्षीया बालिकामा डेङ्गु सङ्क्रमण
म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ। म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेङ्गु सङ्क्रमण देखिएको हो । योसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या १० पुगेको छ । तीमध्ये नौजना निको भएर घर फर्किएका छन् ।
१०. कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित
विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार संयुक्त अरब इमिरेट्स, बेलायत र संयुक्त राज्य अमेरिका, कुवेत र सउदी अरबमा एकएक तथा बहराइनमा दुई नेपालीको यो साता निधन भएको हो ।