काठमाडौं - वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन भएको छ ।उनकाे ९१ वर्षको उमेरमा निधन भएको हाे। ललितपुरको कुसुन्तीमा छोरी ज्वाँईसँगै बस्दै आएका ठकुरी लामो समयदेखि प्यारालाइसिस, ब्लड प्रेसर, सुगर जस्ता रोगबाट पीडित थिए ।
नेपाली फिल्म ‘जीवन रेखा’ बाट अभिनय यात्रा शुरु गरेका ठकुरीले थुप्रै टेलिसिरियल र म्युजिक भिडियोमा समेत अभिनय गरेका थिए । ‘विश्वास’, ‘भाग्यरेखा’, ‘फेरि भेटौँला’, ‘मायालु’, ‘युद्ध’ लगायतका थुप्रै फिल्ममा उनले चरित्र अभिनेताको भूमिका निर्वाह गरेका थिए ।
भारतीय फिल्म ‘पञ्चवटी’ मा समेत अभिनय गर्नुभएका चन्द ठकुरी पछिल्लो पटक नेपाली फिल्म “भागी नजाऊ” मा देखिएका थिए ।प्यारालाइसिस भएपछि उनी अभिनयबाट टाढिएका थिए ।
ठकुरीको आजै (आइतबार) पशुपति आर्यघाटको विद्युतीय शव गृहमा दाहसँस्कार गरिएको छ ।