वीरगञ्ज उद्योग वाणीज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध कुमार गुप्ताले बजेटबारे मिश्रीत प्रतिक्रिया दिएका छन्। नेपाली पब्लिकसँगको कुराकानीमा उनले यसपालिको बजेटलाई राम्रो र नराम्रो दुबै पक्षबाट हेरेको बताएका छन्।
उनका अनुसार अहिलेको बजेटले लकडाउनपछि व्यापरिहरुलाई सहज बनाउनको लागि सरकारले प्याकेजहरु ल्याउन जरुरि देखिन्छ। लकडाउनका कारण करिव २ महिनादेखि प्रायः उद्योगहरु बन्द रहेको बताउदैँ उनले भने, ‘‘खर्च घटाउन र आम्दानि बढाउनको लागि सरकारले कमसेकम ५ देखि ७ प्रतिशत सम्मको छुट आम उद्योगी तथा आम लगानिकर्तालाई गरायो भने राम्रो हुने देखिन्छ।’’
स्वास्थ्य, शिक्षा तथा कृषिलाई बिशेष महत्व दिदैँ सबै क्षेत्रलाई समेटेर सरकारले ल्याएको बजेटमा कहि कतै कमि भएको वरिष्ठ उपाध्यक्ष गुप्ता बताउछन्।
हेर्नुहोस वीरगञ्ज उद्योग वाणीज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध कुमार गुप्ता र नेपाली पब्लिकका कार्यकारी सम्पादक सुरज डिजी खनालविच बजेटबारे भएको कुराकानी