स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमण बढेसँगै नेपालमा डेङ्गुको पनि खतरा बढेको छ। मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा उनले डेङ्गुले पनि महामारीको रुप लिन सक्ने खतरा औल्याउँदै यसबारे सचेत हुन आग्रह गरे। उनले भने, ‘‘केहि कोरोनाभाइरस संक्रमीतहरुमा पनि डेङ्गु देखिएको खबर आएके छ।’’
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले अहिले कोभिड – १९ बाहेक अन्य रोगहरु पनि बढ्न सक्ने बताए। ‘‘वर्षातको मौसम शुरु भएको छ’’, उनले भने, ‘‘यस्तो अवस्थामा सरुवा तथा ट्रपिकल रोगको खतरा बढी हुन्छ। डा. पाण्डेले डेङ्गुलगायत सर्पदंश, मलेरीया, झाडापाखालाको खतरा औँल्याउदै यसबारे सावधानी अपनाउन सुझाव दिए।
गतवर्ष १६ हजारको हारामारीमा डेङ्गुको संक्रमण देखिएको तथ्याङ्क प्रस्तुत गर्दै डा. पाण्डेले ६ जनाको मृत्यू समेत भएको बताए। यसपटक पनि गत पौषदेखी हालसम्म २६ जिल्लाका ८२ जनामा डेङ्गुको संक्रमण पुष्टि भएको उनले बताए। यसपटक सबैभन्दा बढी रुपन्देही जिल्लामा डेङ्गु संक्रमण देखिएको छ।