१. एकैदिन २३९ जनामा कोरोना संक्रमण पुष्टि
सोमबार २ सय ३९ जनामा कोरोनाभाइरस सक्रंमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत २ सय २६ जनामा संक्रमण देखीएकाे बताएकाे थियाे। त्यस्तै केहि समयपश्चात विज्ञप्ती जारी गरी थप १३ जनामा संक्रमण देखीएकाे जानकारी गराएकाे थियाे। रेका हुन्। यससँगै नेपालमा संक्रमितहरुको संख्या १ हजार ८ सय ११ पुगेको छ। प्रवक्ता देवकोटाले हालसम्म २ सय २१ जना संक्रमित निको भएको जानकारी दिए। हालसम्म नेपालका कोरोना भाइरसका कारण ८ जनाको मृत्यू भइसकेको छ।
२."लकडाउनपछि व्यापरिहरुलाई सहज बनाउन सरकारले प्याकेजहरु ल्याउनुपर्छ"
वीरगञ्ज उद्योग वाणीज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध कुमार गुप्ताले बजेटबारे मिश्रीत प्रतिक्रिया दिएका छन्। नेपाली पब्लिकसँगको कुराकानीमा उनले यसपालिको बजेटलाई राम्रो र नराम्रो दुबै पक्षबाट हेरेको बताएका छन्। उनका अनुसार अहिलेको बजेटले लकडाउनपछि व्यापरिहरुलाई सहज बनाउनको लागि सरकारले प्याकेजहरु ल्याउन जरुरि देखिन्छ।
३.२५ जना काेराेना संक्रमित अस्पतालबाट डिस्चार्ज
रुपन्देहीकोे भीम अस्पतालमा उपचारार्थ भर्ना भएका २५ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । गैँडहवा गाउँपालिकाका दश, लुम्बिनी सांस्कृतिक नगरपालिका र कपिलवस्तुका पाँच–पाँच, सिद्धार्थनगर नगरपालिकाका एक, नवलपरासीका तीन जना र भारतका एक जना अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा नवीन दर्नालले जानकारी दिए ।
४.कर्णाली प्रदेशसभाका दुई सदस्यलाई बैठकमा रोक
कर्णाली प्रदेशसभा सचिवालयले दुई सदस्यलाई बैठकमा प्रवेश गर्न रोक लगाएको छ। प्रदेशसभा सदस्यद्वय अम्मरबहादुर थापा र सुशील थापालाई आइतबारदेखि बैठकमा प्रवेश गर्न रोक लगाएको हो। अम्मरबहादुर दैलेख क्षेत्र नं १ ढखण बाट र सुशील क्षेत्र नं २ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य छन्।
५.वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन
वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन भएको छ ।उनकाे ९१ वर्षको उमेरमा निधन भएको हाे। ललितपुरको कुसुन्तीमा छोरी ज्वाँईसँगै बस्दै आएका ठकुरी लामो समयदेखि प्यारालाइसिस, ब्लड प्रेसर, सुगर जस्ता रोगबाट पीडित थिए ।
६. स्वास्थ्य मन्त्रालय भन्छ – कोरोनासँगै डेङ्गुको जोखिम पनि बढ्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमण बढेसँगै नेपालमा डेङ्गुको पनि खतरा बढेको छ। मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा उनले डेङ्गुले पनि महामारीको रुप लिन सक्ने खतरा औल्याउँदै यसबारे सचेत हुन आग्रह गरे। उनले भने, ‘‘केहि कोरोनाभाइरस संक्रमीतहरुमा पनि डेङ्गु देखिएको खबर आएके छ।’’
७.जापानमा ५.६ म्याग्नीच्यूडको भूकम्प
जापानमा राजधानी टोकियोको उत्तरपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार ५.६ म्याग्नीच्यूडको भूकम्प गएको छ। जापानको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प सोमबार बिहान २ बजेर ३२ मिनेटमा गएको थियो। भूकम्पको धक्का राजधानी टोकियो र आसपास अनुभव गरिएको थियो।
८.नापी अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय रुपन्देही भैरहवाका नापी अधिकृत सरोज श्रेष्ठसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार नापी अधिकृत सरोज श्रेष्ठ, सर्वेक्षकद्वय तीर्थराज भण्डारी र थानेश्वर चौधरी, नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
९.बस र ट्रक ठोक्किँदा १२ को मृत्यु, २१ घाइते
बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ। भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिएका छन्।
१०.मालपोत प्रमुखसहित आठविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी तीनवटा मुद्दा दायर गरेको छ । ती मुद्दामा आठजनालाई प्रतिवादी बनाइएको छ । सुनसरीको दुहबी नगरपालिका–८ मा १४ कठ्ठा जग्गा बिक्रीमा कर्मचारी र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व छली गरेको भन्दै आयोगले पाँचजनाविरुद्ध मुद्दा दायर गरेको छ ।