काठमाडौं– लकडाउनको समयमा जुवा खेलिरहेका नौँ जना व्यापारीहरु काठमाडौंबाट पक्राउ परेका छन्। काठमाडौँको कमलादीस्थित गगौंर बुटिक होटलमा जुवा खेलिरहेका उनीहरु सोमबार साझँ पक्राउ परेका हुन्।
होटल सञ्चालकसहित ९ जनालाइ २ लाख ७७ हजार नगद र केही क्वाइनहरुसहित प्रहरीले पक्राउ गरेकाे हाे। पक्राउ पर्नेमा होटल सञ्चालक निक्की जोगाई, रामचन्द्र सांघाइ अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल अबुजा रहेका छन्।
क्वाइन र चिप्सहरु प्रयोग गरेर क्यासिनो शैलीमा जुवा खेलिरहेका उनीहरुमाथि थप अनुसन्धान गर्न मंगलबार अदालतसँग म्याद थपको माग गर्ने जनाइएको छ।