चलचित्रकर्मी मनोज पंडितले लकडाउनका कारण नेपाली चलचित्र क्षेत्रलाई कुनै असर नगरेको टिप्पणी गरेका छन्। नेपाली पब्लिकसँगको अन्र्तवार्ताको क्रममा उनले नेपाली सिने क्षेत्रको लागि लकडाउन आवश्यक रहेको बताए।
‘‘सिनेक्षेत्र पहिलेदेखी नै लकडाउनमा थियो’’, पंडितले भने, ‘‘यो लकडाउनले सिनेक्षेत्रलाई केहि असर गरेको छैन्।’’ लकडाउनले सिनेकर्मीहरुलाई रचनात्मक भएर सिनेक्षेत्रको उत्थानको विषयमा सोच्ने अवसर जुराएको उनले बताए।
लकडाउनका कारण सिनेक्षेत्रमा काम गर्ने श्रमिकहरुको जनजिविकामा भने गम्भिर असर पारेको चलचित्रकर्मी पंडितले बताए। प्रभावित श्रमिकहरुप्रति चलचित्रकर्मी, कलाकारहरुले भने चासो नदेखाएको भन्दै उनले खेद व्यक्त गरे। ‘‘अहिलेमात्र होईन्, पहिले पनि उनीहरुले त्यो वर्गलाई कहिल्यै आफ्नो ठानेन्’’, पंडितले भने, ‘‘कहिलेकाँही देखाउनका लागि भने सँगै फोटो चाँहि खिच्थे।’’
फरक प्रसंगमा पंडितले आगामी आर्थिक वर्षको लागि सरकारले घोषणा गरेको बजेटमा नेपाली चलचित्र क्षेत्रलाई अस्पष्ट रुपमा सम्बोधन गरिएको बताए।हेर्नुहोस चलचित्रकर्मी मनोज पंडित र नेपाली पब्लिकका कार्यकारी सम्पादक सुरज डिजी खनालविच नेपाल चलचित्र क्षेत्रबारे भएको कुराकानी