काठमाडौं - आफुलाई चाडै घर पठाउन माग गर्दै क्वारेन्टिनमा बसेकाहरु आन्दोलित भएका छन्।
झापाको कचनकवल गाउँपालिकाको बनियानीस्थित लक्ष्मी प्रसाद देवकोटा माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा बसेकाहरु आफूहरुसँगै रहेका १७ जना कोरोना संक्रमित विरामी डिस्चार्ज भै सक्दा पनि उनिहरुलाई अजै पनि क्वारेन्टिनमा राखेको भन्दै आन्दोलित भएका हुन्।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत झापाका १७ जना हिजाे सोमबार राति अस्पतालबाट डिस्चार्ज भएका थिए। दुई पटक पीसीआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको थियाे।
कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलमलमका अनुसार क्वारेनटाईनमा रहेकाहरुको पहिलो रिपोर्ट नेगेटिभ आएको थियो । दोस्रो रिपोर्टका लागि नमूना पठाएको एक हप्ता बितिसक्दा पनि प्रतिष्ठानले रिपोर्ट नदिदा समस्या भएको
हाे।
आलमका अनुसार रिपोर्ट समयमा नआउनाले ढिलो भएको भन्दै क्वारेन्टिनमा बसेकाहरु भाग्न खोजिरहेका छन्। अहिले लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा ४२ जनालाई राखिएको छ ।