स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ सय ८८ जना कोरोना संक्रमित थपिएको जानकारी दिएको । मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले नियमित प्रेस व्रिफिङको क्रममा नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको जानकारी दिए। देवकोटाका अनुसार अाज थपिएका नयाँ संक्रमित मध्ये २ सय ७० जना पुरुष र १८ जना महिला रहेका छन्।
अाज सबैभन्दा धेरै संक्रमित राैतहटमा भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार रौतहटका ७४, स्याङ्जाका ५, सुर्खेतका २७, सिरहाका १७, पर्वतका ५, सप्तरीका १, बर्दियाका ३, बाँकेका १७, कन्चनपुरका ८, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, दाङका १७, प्युठानका १, कैलालीका १०, धनुषाका ६, महोत्तरीका २, सर्लाहीका २१, भक्तपुर र धादिङका १/ १, नवलपरासी पश्चिमका र नवलपराी पूर्वका १/१ जना, कपिलवस्तुका १६, काठमाडौं मेडिकल कलेजका ४ जना, नुवाकोटका २, रूपन्देहीका १० संक्रमित थपिएका हुन्।
यसैगरी अाज थप ४५ जना कोरोनाभाइरस संक्रमित निको भएर घर फर्किएको प्रवक्ता डा. देवकोटाले बताए। यससँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेहरुको संख्या २ सय ६६ पुगेको छ। जसमध्ये २ सय १२ जना पुरुष र ५४ जना महिला रहेका छन्।
मन्त्रालयकाे तथ्याङ्क अनुसार कुल संक्रमण देखिएकामध्ये १ हजार ९ सय ४९ जना पुरुष रहेका छन् भने जना १ सय ५० महिला रहेका छन्। प्रवक्रता डा देवकोटाका अनुसार हालसम्म संक्रमण देखिएकामध्ये ८ जनाको मृत्यु भएको छ भने देशका ५६ जिल्लामा संक्रमण फैलिसकेकाे छ।