स्थानिय प्रशासनले जुम्लामा ३ दिनका लागि निषेधाज्ञा जारी गरेको छ। सुरक्षाकर्मी र भारतबाट आएका नागरिकहरुमा कोरोनाभाइरस संक्रमण देखिएसँगै सावधानीका लागि निशेत्राज्ञा जारी गरिएको हो। बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जानकारी दिएको छ।
जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन्। निषेधाज्ञाको पालना नगरेको खण्डमा कानुनबमोजिम कारवाही हुने समेत उनले स्पष्ट पारे।
यस अवधिमा अत्यावश्यक सेवाबाहेका सबै पसलहरु बन्द हुने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचना उल्लेखीत छ। बुधबार बिहान ९ बजेदेखि जिल्ला भित्रका औषधि पसल, उपकरण तथा औषधि सामग्री उत्पादन, बिक्री वितरण र ढुवानी सेवा बाहेक अन्य सबै पसल बन्द हुने छन्।