सप्तरी - सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार बिहान झडप हुँदा १५ जना घाइते भएका छन् भने झडप नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड हवाई फायर गरेकाे छ।
जग्गा सम्बन्धी विवादमा स्थानीय दुई पक्षबीच भएको झडपमा दुवै पक्षले एकअर्कामाथि घरेलु हतियार प्रहार गरेका थिए।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार झडपमा घाइते भएकाहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ।
अहिले स्थिति नियन्त्रणमा आइसकेको र घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर एक सयभन्दा बढी परिचालन गरिएको छ ।