काठमाडाैं - कोरोना भाइरस संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेकाे बेलामा सरकारले नेपालमा स्वास्थ्य संकटकाल घोषणाको तयारी गरेको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ हजार भन्दा धेरै कोरोना भाइरसका सक्रमित देखिएकाले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको हाे।
मन्त्रालय स्रोतका अनुसार आज प्रधानमन्त्रीले गर्न लागेको विज्ञहरुसँग हुन लागेको सल्लाहमा पनि यस विषयमा छलफल हुने बताइएको छ। मन्त्रालयको उक्त प्रस्तावबारे आगामी मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने छ।
बुधबारसम्म कोरोना भाइरसको संक्रमण २३०० जनामा फैलिसकेको छ भने यसका कारण ९ जनाको ज्यान गुमिसकेको छ।