काठमाडाैं– कोरोना भाइरस (कोभिड–१९) को कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार कार्य भोली (शुक्रबार)बाट सुरु गरिने भएको छ। म्यानमारको सैनिक जहाजमार्फत बर्माबाट २६ जना नेपाली ल्याएर उद्धार कार्यको सुरुवात गर्न लागिएको हो।
पछिल्लो समय कामबिहिन बनेका बर्मामा कार्यरत नेपालीहरूलाई नेपाल सरकारको अनुरोधमा बर्माले आफ्नै खर्चमा काठमाडौं ल्याइदिन लागेको हो। सो जहाजले फर्किने बेला नेपालमा रहेका आफ्ना नागरिक लिएर जाने बताइएको छ।
सरकारले ढिलोमा १० जुनबाट विभिन्न देशमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी गरिरहेका बेला बर्माबाट भने शुक्रबारै ल्याउन लागिएको हो ।
त्यस्तै संयुक्त अरब इमिरेट्समा रहेका २ सय १० जना नेपालीलाई शुक्रबार नै चार्टर्ड विमानमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।