१. तिव्र रूपमा बढ्दै काेराेना संक्रमण, पछिल्लाे २४ घण्टामा ३३४ जनामा संक्रमण पुष्टी
पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले नियमित प्रेस व्रिफिङमा यसकाे पुष्टि गर्दै नेपालमा संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको जानकारी दिए।
२. लकडाउनलाई थप प्रभावकारी बनाउने प्रशासनको निष्कर्ष
उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले लकडाउनलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ। काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा अधिकारीबीच बिहिबार भएको छलफलले कोभिड–१९ सङ्क्रमणको जोखिममा रहेको वर्तमान समयमा सरकारले जारी गरेको आदेशलाई थप प्रभावकारी बनाउँदै अत्यावश्यक सेवा प्रवाहमा सहज वातावरण तयार पार्न आवश्यक समन्वय गर्ने निष्कर्ष निकालेको हो।
३. कोरोनाका कारण नेपालमा १० औं व्यक्तिको मृत्यू
नेपालमा कोरोनाभाइरसका कारण मृत्यू हुनेको संख्या १० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले पाल्पाका ४५ वर्षिय पुरुषको मृत्यू भएको जानकारी दिए।डा. देवकोटाका अनुसार उनको मृत्यू जेठ २० गते नै भएको थियो। भारतबाट ५ दिनअघि नेपाल आएका उनलाई स्थानिय क्वारेन्टिनमा राखिएको थियो।
४. विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार कार्य शुक्रबारबाट सुरु
कोरोना भाइरस (कोभिड–१९) को कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार कार्य भोली (शुक्रबार)बाट सुरु गरिने भएको छ। म्यानमारको सैनिक जहाजमार्फत बर्माबाट २६ जना नेपाली ल्याएर उद्धार कार्यको सुरुवात गर्न लागिएको हो।
५. एसइईबारे एकसाताभित्र निर्णय हुन्छ: शिक्षामन्त्री
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका छन्। शिक्षा पत्रकार सञ्जाल (इजोन)ले बिहिबार आयोजना गरेको भर्चुअल संवादमा उनले ती परीक्षाका विषयमा विभिन्न तीन विकल्पमा अध्ययन भइरहेको र त्यसका बारेमा आगामी साताभित्र निचोडमा पुगिने बताए।
६. सोती घटनाका आरोपितलाई १० दिन थुनामा राख्न अनुमति
सोती घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । चौरजहारी नगरपालिका–८, सोतीमा यही जेठ १० गते भएको घटनाका अभियुक्त १८ जनालाई जिल्ला अदालत रुकुम(पश्चिम) ले आज म्याद थप गरेको हो ।
७. कम्प्युटरलाई भाइरसमुक्त बनाउन यसो गर्नुहोस् !
अहिले विश्वभर इन्टरनेटको विस्तार तथा प्रयोग निकै बढेको छ। याेसँगै कम्प्युटरको प्रयोग पनि दिनानुदिन बढ्दै गइरहेको छ। इन्टरनेट प्रविधि आज एक अपरिहार्य पूर्वाधारको रुपमा परिणत भएको छ भने कम्प्युटर मानव जी वनको अभिन्न अंग बन्दै गएको छ।
८. सार्वजनिक सरोकारका थप आठ प्रकारका मुद्दामा सुनुवाइ हुने
सर्वोच्च अदालतको पूर्ण बैठकले कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका अवस्थामा थप आठ प्रकारका मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको छ।प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीशहरुको बुधबार बसेको सो बैठकले थप आठ प्रकारका मुद्दा सुनुवाइ शुरु गर्ने निर्णय गरेको सर्वोच्च अदालतका उपरजिष्ट्रार देवेन्द्र ढकालले जानकारी दिए।
९. तातोपानीबाट उठ्यो एक अर्ब २७ करोड २६ लाख राजश्व
निजी क्षेत्रले कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्रीको आयात गरेसँगै तातोपानी भन्सार कार्यालयको राजश्व सङ्कलनमा सकरात्मक प्रभाव देखिएको छ ।सो कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार गत सोमबारसम्ममा चालू वर्षको राजश्व रु एक अर्ब २७ करोड २६ लाख सङ्कलन भएको छ ।
१०.चौकी तोडफोड आरोपमा वडाध्यक्षसहित तीन पक्राउ
अस्थायी प्रहरी चौकी तोडफोड गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–१४ को छिवाङज्युलामा रहेको प्रहरी चौकी तोडफोड गरेको भन्दै प्रहरीले मुसिकोट–१३ का वडाध्यक्ष दीपक केसीलाई पक्राउ गरेको हो ।
११. दक्षिण कोरियामा जनसङ्ख्या घट्दो
दक्षिण कोरियाको जनसङ्ख्या क्रमिकरूपमा घटेको छ । दक्षिण कोरियाको आन्तरिक तथा सुरक्षा मन्त्रालयको एक तथ्याङ्कअनुसार गएको डिसेम्बरमा ५१.८५१ मिलियन रहेकोमा मे अन्तिमसम्ममा जनसङ्ख्या ५१.८४१ मिलियनमा झरेको छ ।
१२. ‘रोगले भन्दा भोकले मरिएला ...’ म्युजिक भिडियो सार्वजनिक
कोरोना भाइरसको जोखिम रहेका समयमा ‘रोगले भन्दा भोकले मरिएला कि कसो साथी’ शीर्षकको म्युजिक-भिडियो सार्वजनिक भएको छ । साङ्गीतिक ब्याण्ड डिमर्चाको नयाँ गीतको सो भिडियोमा कोरोनाका कारण भएको बन्दाबन्दी र यसले समाजमा उत्पन्न गरेको अवस्थालाई गीतमार्फत जीवन्त रुपमा प्रस्तुत गरिएको छ ।