चितवनको भरतपुर अस्पतालको कोभिड आइसियूमा उपचाररत एक २७ वर्षिय यूवकको मृत्यू भएको छ। भारतबाट दुई साताअघि नेपाल फर्किएका माडी नगरपालिकाका यूवकको शनिबार बिहान करिव साढे १० बजे मृत्यू भएको हो।
ज्वरो र खोकीको समस्या देखिएपछि बढ्दै गएपछि उनलाइ शुक्रबार दिउँसो अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा मृत्यू भएपछि उनको स्वाब संकलन गरेर कोरोना परिक्षणको लागि पठाइएको छ।