अष्ट्रेलीयामा बस्दै आएका नेपाली सागर लोहनी अष्ट्रेलीयामा नै क्याम्पस खोलेका छन्। तनहुँका लोहनीले अस्ट्रेलियाको न्यू साउथ वेल्समा इन्टरनेसनल इन्स्टिच्युट अफ एजुकेसन नामक प्राविधिक क्याम्पस खोलेका हुन्।
चाइल्ड केयर, इन्फर्मेसन टेक्नोलोजी र अकाउन्टिङलगायतका कोर्सको अध्यापन गराउने मान्यता लिएर खुलेको क्याम्पसमा व्यवस्थापन र टेलिकम्युनिकेसन इन्जिनियरिङको पनि कोर्स सञ्चालनको तयारी भइरहेको लोहनीले जानकारी दिएका छन्।
१२ वर्षअघि अध्ययनको सिलसिलामा अष्ट्रेलीया गएका लोहनीले सेन्ट्रल क्विन्सल्याण्ड युनिभर्सिटीबाट अनुसन्धानमा स्नाताकोत्तर गरेका भने हाल चार्ल्स डार्विन युनिभर्सिटीमा कानुनमा पनि स्नातकोत्तर अध्ययन गरिरहेका छन्।
उनी विभिन्न पेशा र सामाजिक गतिविधीमा संलग्न रहदैँ आएका थिए। आफ्नो क्याम्पसले प्राविधिक शिक्षा प्रदान गर्ने भएकाले यसबाट विद्यार्थीहरुको वृत्तिबिकाश महत्वपुर्ण सहयोग पुग्ने उनले बताए।