प्रधानमन्त्री केपी शर्मा ओलीको गित समावेश गरिएको ‘सम्वृद्ध नेपाल सुखी नेपाली’ नामक गिती संग्रह सार्वजनिक भएको छ। राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेशकुमार पौडेलेको संयोजनमा गिति संग्रह सार्वजनिक भएको हो।
शनिवार नयाँ ठिमी भक्तपुरको सडकमा बस्दै आएका ७० जना भन्दा बढीलाई खाना खुवाउदैँ उनीहरुकै हातबाट गितीसंग्रह सार्वजनिक गरिएको हो। संग्रहका ५ वटा गितमध्ये ‘‘स्वदेशमै रोजगारी, स्वदेशमै बास, रोजिदैन प्रवास’’ बोलको गित प्रधानमन्त्री ओलीले लेखेका हुन्। यो गितमा शान्तिराम राई र मेलिना राईले आवाज दिएका छन्।
त्यस्तै बद्री गंगेनी र मेलिना राईको स्वरमा रहेको ‘‘हेर हाम्रो हिमाल हाँसेको, हेर्न खोज्यो सुखी जनता नाँचेको’’ बोलको गित सहसंयोजक पौडेलले लेखेका हुन् भने उनकै रचनामा रहेको अर्को गित ‘‘मुर्झिएका सपनाहरु विउँझायौ तिमिले’’ राजेशपायल राईले गाएका छन्।
यसैगरी राजेशपायल राईकै आवाजमा रहेको ‘‘सम्बृद्ध नेपाल, सुखी नेपाली’ बोलको गितको रचनाकार विपिन किरण रहेका छन् भने उनकै रचना ‘‘पूर्वपश्चिम सिमातिर दुश्मनले नजर लगायो’ पनि संग्रहमा समावेश गरिएको छ।।
किरण क्रियसनले बजार व्यवस्थापन गरेको गिति संग्रहमा संगित संयोजन आमोश तामाङको रहेको छ भने सम्पुर्ण गितमा प्राज्ञ शान्तिराम राईले संगित भरेका छन्।
प्रधानमन्त्री केपी ओलीले राष्ट्रियताका पक्षमा लिएको अडान र ‘‘सम्बृद्ध नेपाल, सुखि नेपाली’’ नारालाई सफल बनाउनको लागी प्रधानमन्त्रीको पहलकदमीलाई जनतामाझ लैजान गिति संग्रह तयार पारिएको संग्रहका संयोजक पौडेलले बताए।