इलेक्ट्रोनिक डाइभर्सिटी भिसा अर्थात ईडिभीको नतिजा सार्वजनिक भएको छ। अन्य देशका नागरिकहरुलाई वैध प्रवेश तथा बसोबासको लागि इडीभी चिट्ठा प्रकृयामार्फत अनुमती दिदैँ आएको छ। अमेरीकाले यसरी हरेक वर्ष विभिन्न देशबाट ५० हजार मानिस भित्र्याउने गरेको छ।
यसअघि विगत वर्षहरुमा अक्टुबर २ देखि नोभेम्बर ५ सम्म भरिने डिभी चिट्ठाको नतिजा मे ५ मा सार्वजनिक हुने गरेको थियो । यसपटक पनि अक्टुबर २ देखि नोभेम्बर ५ कै अवधिमा मानिसहरुले डिभी भरेका थिए। तर कोभीड–१९ का कारण नतिजा सार्वजनिक गर्न भने केही समय ढिलाई भएको हो।
याे पनि पढ्नुहाेसः तपाईलाई डिभी पर्यो भन्ने म्यासेज साँचो होईन् – अमेरीका दुतावास
यसरी हेर्नुहोस ईडीभी नतिजाः
१. https://dvprogram.state.gov/ यो लिंक खोल्नुहोस
२. Check Status मा क्लिक गर्नुहोस
३. Continue मा क्लिक गर्नुहोस
४. त्यहा मागिएको बिवरणहरु भर्नुहोस
५. दिइएको CAPTCHA टाइप गरि Submit बटन थिच्नुहोस