जेनेभा (एजेन्सी) - विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले भारतमा लकडाउन हटाउनुले कोरोना भाइरस सक्रंमणमा डरलाग्दो रूपमा बृद्धी हुने चेतावनी दिएकाे छ ।
डब्ल्युएचओका स्वास्थ्य संकट स्थिति कार्यक्रमका कार्यकारी निर्देशक मिसेल रियानले भारतमा कोरोना भाइरस संक्रमित संख्या दुई गुणा हुनलाई यो स्तरमा करिब ३ हप्ता मात्र समय लाग्ने बताए।
उनका अनुसार भारतमा कोरोना भाइरस महामारीलाई लिएर स्थिति अझै विस्फोटक छैन । तर देशमा मार्च देखि लागु लकडाउन हटाउने तर्फ बढ्नुले यस प्रकारको जोखिम बढेको छ ।
भारतल कोविड १९ महामारीको मामिलामा इटलीलाई पछाडी पार्दै विश्वको छैठो सबैभन्दा नराम्ररी प्रभावित देश बनेको छ ।
वल्र्ड मिटरको पछिलो तथ्याङ्क अनुसार भारतमा अहिले सम्म काेराेना संक्रमितकाे कुल संख्या २ लाख ४७ हजार ४० पुगेको छ भने मृत्यु हुनेकाे संख्या ६ हजार ९ सय ४६ पुगेको छ । त्यस्तै १ लाख १९ हजार २ सय ९३ जना उपचार पछि निकाे भएका छन्।