गृह मन्त्रालयले नेपाल प्रहरीलाई मधेसीमुक्त बनाउन खोजेको जनता समाजवादीका यूवा नेता तथा सांसद प्रदिप यादवले बताएका छन्। आइतबार प्रतिनीधी सभा बैठकमा बोल्दै उनले पछिल्लो समय नेपाली प्रहरीका अधिकृतहरुको बढुवामा गृहले विभेदकारी रवैया अपनाएको उनले दावी गरे।
‘‘सिनीयरलाई रोकेर जुनियरको बढुवा गराउन थालिएको छ’’ सांसद यादवले गृहमन्त्रालयको ध्यानाकर्षण गराउदैँ भने, ‘‘यस्तै हो भने अबको २० वर्षसम्म कुनै पनि मधेसी एसएसपीसम्म पनि हुन सक्दैन्।’’
पछिल्लोपटक एसएसपीहरुलाई डिआईजिमा बढुवा गर्दा समेत मधेसी प्रहरी अधिकृतहरुलाई पाखा लगाएर अन्य जुनियर अधिकृतहरुको बढुवा गरिएको भन्दै उनले आपत्ती जनाए। बैठकमा आक्रामक रुपमा प्रस्तुत भएका सांसद यादवले एसएसपी राजेश लाल कर्ण, दिलिप सिंहलगायतलाई बदनियतपुर्ण तरिकाले बढुवा नगरिएको दावी गरे।
यस्तै उनले वीरगञ्जको कारागार समेत पुर्ननिर्माण गर्नुपर्ने औल्याए। ‘‘वीरगञ्ज कारागारको अवस्था जिर्ण छ। त्यो कुनै पनि बेला भत्किन सक्छ’’, पर्साबाट निर्वाचित सांसद यादवले भने, ‘‘कारागारलाई अहिलेको स्थानबाट सारेर नयाँ बनाउन माग गर्दछु।’’ वीरगञ्ज कारागार अहिले शहरको विचमा भएकाले अन्यत्र सार्नुपर्ने उनको प्रस्ताव छ।