काठमाडाैं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी अब डा. जागेश्वर गौतमले सम्हाल्ने भएका छन्।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले देवकोटाको स्थानमा डा जागेश्वर गौतमलाई ल्याएका हुन्। मन्त्री ढकालले बिहीबार परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालबाट डा गौतमलाई मन्त्रालय सरुवा गरेका थिए। उनलाई समन्वय महाशाखासहित प्रवक्ताको जिम्मेवारी दिइएको छ।
यसअघि उनी परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालका प्रमुख थिए । यसैगरी डा विकास देवकोटा भने सरूवा भएका छन् । उनलाई मन्त्रालयको गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ।