काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार (आज) बस्ने भएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो २ बजे बस्ने बैठकमा तिब्र गतिमा फैलिरहेको कोरोना भाइरसको संक्रमणकाे विषयमा छलफल हुने छ।
त्यस्तै बैठकमा समसामयीक राजनीतिबारे पनि छलफल हुनसक्ने बताइएको छ। कोरोनाको रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको भन्दै कांग्रेसले आलोचना गर्दै आएको छ।
यसअघि जेठ १७ गते निसान छाप परिवर्तन गर्ने सम्बन्धि संविधान संशोधन विधेयकका बारेमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बसेकाे थियाे।