काठमाडाैं - सुनको मूल्य आज (सोमबार) सय रुपैयाँ बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ८७ हजार ५ सय रुपैयाँ कायम भएको हो ।
यसअघि आइतबार छापावाल सुन प्रतितोला ८७ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ६५ रुपैयाँ निर्धारण गरिएको छ ।
चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले बढेर ९ ;सय ३० रुपैयाँ पुगेको छ । लक डाउनपछि आइतबार पहिलो पटक सुनको भाउ निर्धारण गरिएको थियो ।