चार्टड गरी अष्ट्रेलीयाको क्यानबेराको लागि उडेको नेपाल वायू सेवा निगको विमान मलेसिया पुगेको छ। लकडाउनका कारण नेपालमा रोकीएका अष्ट्रेलीया र न्यूजिल्याण्डका नागरीकसँगै पिआर होल्डर नेपाली नेपाली नागरिकसहित २ सय ५० जनाभन्दा बढी यात्रु लिएर आईतबार करिव ५ बजे निगमको वाइड बडी ए३३० जहाज अष्ट्रेलियाको राजधानी क्यानबेराको लागि उडेको थियो ।
जहाजका क्याप्टेन बिजय लामाले जहाजमा इन्धन भर्नका लागि मलेसियामा रोकीएको जानकारी दिए। यसअघि वैशाख २४ गते निगमको वाइड बडी जहाजले अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गरेको थियो। त्यस्तै लकडाउनको अवधिमा निगमको वाइड बडी जहाजले पहिलो पटक गत चैत १९ गते अष्ट्रेलियाको ब्रिसबेनमा चार्टर्ड उडान गरेको थियो।
यी उडानलाई निगमले आफ्नो ऐतिहासिक उडान भनेको थियो। मलेशियाको क्वालालम्पुर ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको ती दुवै उडान क्रमशः करिब १२ र १३ घण्टाको थियो। निगमको पुनः अष्ट्रेलिया उडान क्वालालम्पुर ट्रान्जिट भएर क्यानबेरा पुग्नेछ। नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता भइसके पनि नियमित उडान हुन सकेको छैन।
