अब जीमेलको ‘डार्क मोड’ फिचर आईओएसमा पनि उपलब्ध भएकाे छ। यसअघि एन्ड्रोइडमा मात्र उपलब्ध रहेकाे ‘डार्क मोड’ फिचर अब आईफोन र आईप्याडमा पनि उपलब्ध गराइएकाे हाे।
इन्टरनेटमा पछिल्लो केहि समयदेखी यस फिचरलाई लिएर निकै चर्चा परिचर्चा भएको थियाे र अहिले जीमेलले यस फिचरलाई एप्पल डीभाइस प्रयोगकर्ताहरू माझ प्रस्तुत गरेको छ। तत्कालका लागि जीमेलकाे याे नयाँ फिचर जीमेल भर्सन ६.०.२००५१९ मा मात्रै उपलब्ध रहेकाे छ। एप्पलको एप स्टोरको माध्यमबाट यसलाई डाउनलोड गर्न सकिन्छ।
त्यसका लागि निम्नलिखित उपाय अपनाउनुहोस्:
सबैभन्दा पहिले जीमेल खोल्नुहोस् र वायाँ साइडको माथि रहेको तीन वटा धर्काेमा क्लिक गर्नुहोस्। भित्र ‘सेटिङ’ (Settings) मेन्यु रहेको छ। त्यसमा क्लिक गरेसँगै तपाईंले त्यहाँ अर्को ‘थीम’ अप्शन देख्नुहुनेछ। त्यसमा क्लिक गरि भित्र छिर्नुहोस्। त्यसपछि लाइट/ डार्क वा सिस्टम डिफल्ट अप्शनबाट यसलाइ डार्क मोडमा बदल्न सक्नुहुने छ।
यस मोडले एपको पुरा युआईलाई गाढा रङगमा बदल दिन्छ। यस बाहेक यस फिचरलाई सुरु गरेपछि एपको होम स्क्रीन र सेटिङस् मेन्यु पनि गाढा रङगमा परिर्वतन हुन्छ।