१. न्यूरोडमा आफुँखुशी खुलेका पसल बन्द गराउन खोज्दा प्रहरी र व्यापारीविच सामान्य झडप
काठमाडौंको न्यूरोडका व्यापारीहरुले आफुँखुशी पसल खोलेपछी मगंलबार असहज स्थिती सृजना भएको छ। लकडाउनको अवधी बढ्दै जादा समस्या भएको भन्दै व्यापारीहरुले आफ्ना व्यवसायहरु सञ्चालन गर्न शुरु गरेका थिए। विभिन्न निकायमार्फत समेत दबाव र सुझाव आएपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले बैठक बसेर व्यवसाय सञ्चालनमा अवरोध नगर्ने निर्णय गरेको थियो। तर, प्रहरीले भने मगंलबार न्यूरोडमा खुलेका पसलहरु बन्द गराएका छन्। प्रहरीले पसल बन्द गराउने क्रममा बल समेत प्रयोग गर्नुपरेको थियो।
२. कोरोना संक्रमितको संख्या ४ हजार नाघ्यो, एकैदिन थपिए ३२४ संक्रमित
नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ सय २३ जना संक्रमित थपिएको मगलबार नियमित व्रिफिङमा जानकारी दिए। हालसम्म नेपालमा ४ हजार ८६ जना संक्रमित भएका छन्।
३. नेकपाको केन्द्रीय सचिवालय बैठक स्थगित
नेकपाको केन्द्रीय सचिवालय बैठक स्थगित भएकाे छ। संसदमा संविधान संशोधन प्रस्ताव पेस हुने भएकाले अन्तिम समयमा बैठक स्थगित भएको हाे । (आज) मगंलबार दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)बारे छलफल गर्न नेकपाको केन्द्रीय सचिवालय बैठक बस्ने भएकाे थियाे ।
४. नेपालमा काेराेनाकाे कारण ज्यान गुमाउनेकाे सङ्ख्या १५ पुग्याे
नेपालमा कोरोना सङ्क्रमणकाे कारण ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ । भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै नेपालमा ज्यान गुमाउनेको संख्या १५ पुगेको हाे । स्वास्थ्य मन्त्रालयका अनुसार भरतपुर महानगरपालिका ११ का ६८ बर्षीय वृद्धको मृत्यु भएकाे हाे। ज्यान गुमाएका पुरुषमा ज्वरो, निमोनिया र सुगर रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
५. एमसिसी सम्झौता तोडेर अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्नु उपयुक्त होइन : अर्थमन्त्री खतिवडा
अर्थमन्त्री युवराज-खतिवडाले अमेरिकन परियाेजना मिलिनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) सहायता सम्झौता भएकाले यो रद्द गरेर अन्तर्राष्ट्रिय सम्बन्ध तोड्नु उपयुक्त नहुने बताएका छन् ।मंगलबार संसदमा मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै खतिवडाले एमसिसी सम्झौता तोड्दा नेपालको अन्तराष्ट्रिय सम्बन्धमै असर पर्ने भन्दै यसबारे विचार गर्न संसदलाई आग्रह गरे। मन्त्री खतिवडाले भने, “यो विचाराधीन विषय हो, एमसीसी बारेमा हामी दुविधामै छौं।
६. काेराेना नियन्त्रणमा सरकार गम्भीर नभएको नेपाली कांग्रेसकाे आराेप
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर नभएको आरोप लगाउँदै सरकारसँग जवाफ माग गरेकाे छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना नियन्त्रणका लागि बनाइएको क्वारेन्टिन व्यवस्थित नभएको र त्यहाँ मानिसको मृत्यु हुन थालेकाले यसको जिम्मा कसले लिने भनी प्रश्न गरे ।
७. असार १ देखि सिकाइमा निरन्तरता दिइन्छ: शिक्षामन्त्री पोखरेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीका बेला शैक्षिकसत्र खेर जान नदिने गरी आगामी असार १ देखि सबै विद्यालयमा सिकाइलाई निरन्तरता दिइने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’ अन्तर्गतको छलफलमा जवाफ दिँदै मन्त्री पोखरेलले मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिको सुझावका आधारमा कोरोनाको प्रभावपछि शिक्षामा चालिनुपर्ने तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाका लागि सुझाव लिई कार्यान्वयन शुरु गरिएको जानकारी दिए ।
८. टेकुको जनस्वास्थ्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय मापदण्डको मान्यता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रियस्तरको मापदण्डको मान्यता पाएको छ। अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ)ले प्रयोगशालाले प्रदान गर्ने सेवा, गुणस्तर र विश्वसनीयका आधारमा ‘आइएसओ १५१८९ः २०१२’ को प्रमाणपत्र प्रदान गरेको हो।
९. ‘लिपुलेक हाम्रो हैन भन्ने सांसदलाई किन कारवाही हुँदैन ?’
राष्ट्रियसभाका सांसदले कोभिड–१९ कारण शुरु गरिएको बन्दाबन्दीका समयमा गर्भवती र सुत्केरीले भोग्नु परेको समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की दीपा गुरुङले लामो समयसम्म बन्दाबन्दी हुँदा गर्भवती र सुत्केरीले समयमै उपचार नपाएर अकालमा ज्यान गुमाउनु परेको बताउँदै उनीहरुको उपचारमा प्राथमिकता दिन सरकारलाई आग्रह गरिन् ।
१०. नयाँ नक्शासहितको संविधान संशोधनमाथि सत्ता र विपक्षीको समर्थन
प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपालकोे नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न पेश भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ विधेयक सत्तापक्ष र विपक्षी दलको समर्थन देखिएको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि भएको सैद्धान्तिक (सामान्य) छलफलमा यस्तो समर्थन देखिएको हो । सो विधेयकमा कुनै संशोधन भएमा ७२ घण्टाभित्र पेश गर्न सांसदलाई समय दिइनेछ ।
११. आगामी वर्ष थप १ हजार ३ सय मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपिने
ऊर्जालाई समृद्धिको प्रमुख आधारका रुपमा लिएको सरकारले आगामी आर्थिक वर्षभित्र करीब एक हजार ३०० मेगावाट थप विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थप्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै ऊर्जामन्त्री वर्षमान-पुनले आगामी आवमा सरकार तथा निजी लगानीबाट प्रवद्र्धित आयोजना सम्पन्न भई सो परिणामको विद्युत् केन्द्रीय प्रसारणमा जोडिने बताए ।
१२. नेपाली बोकेर अस्ट्रेलियाबाट उड्यो नेपाल एयरलाइन्स
११ जना नेपाली नागरिक लिएर अस्ट्रेलियाबाट नेपाल एयरलाइन्स फर्किएको छ। नेपालले विदेशमा रहेका आफ्ना नागरिक उद्धार गर्ने तयारी गरिरहेका बेला नेपाल एयरलाइन्सले ११ यात्रु बोकेर नेपाल आउन थालेको छ। त्रिभुवन विमानस्थल स्रोतका अनुसार साे विमान मंगलबार राति १० बजे नेपालमा अवतरण गर्नेछ।