काठमाडाैं– लकडाउनको स्वरुप परिवर्तन गर्न आज (बुधबार) मन्त्रिपरिषद बैठक बस्ने भएको छ। आज अपराह्न २ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटरमा लकडाउनको विषयमा आवश्यक निर्णय लिन बैठक बोलाइएको हो।
जनस्वास्थ्य संकटकालका विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ।
उद्योगी व्यवसायीलाई कर तिर्न ताकेता गरिरहेकाले बाध्य भएर उघोग तथा पसलहरु खुल्न थालेपछि सरकारलाई दबाब पर्न थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक, सामाजिक, स्वास्थ्यलगायत क्षेत्रका २५ जना विज्ञहरुसँग लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा छलफल गरेका थिए।
कोरोना भाइरसको २ जना संक्रमित भेटिएपछि नेपाल सरकारले माहामारीको जोखिम रोकथाम तथा नियन्त्रणका लागि गत ११ चैतदेखि लकडाउन गरेदेखि सर्वसाधरणको जनजिवन अस्तव्यस्त बन्न थालेको छ।
हालसम्म नेपालमा काेराेना संक्रमितकाे संख्या चार हजार ८४ पुगेकाे छ। जसध्ये १५ जनाले ज्यान गुमाइसकेका छन् भने ५ सय ८४ जना निकाे भइसकेका छन्।