काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले हिसाबको चिन्ता नगरी कोभिड–१९ को विषयमा चिन्तिन हुन आग्रह गरेका छन्। उनले संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा हरेक कुराको हिसाब किताब आउँछ त्यसैले यसबारे धेरै चिन्तित हुन नपर्ने बताए।
सरकारले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि १० अर्ब रुपैयाँ सकिएको बताएको थियो। यसैबारे मंगलबार बसेको संसद बैठकमा कांग्रेस नेता गगन थापाले यसको हिसाबकाे माग गरेका थिए। त्यसै प्रशनकाे जवाफमा उनले हरेक वर्ष राष्ट्रपतीसामु बुझाइने सरकारका कावाहीहरुको रिर्पोट संसदमा आइसकेको बताउँदै उनले भने, ‘बजेटको र्दुपायोग भएको छैन म भन्न सकिदन तर भएको छ भन्ने कुरा सोच्नु पर्ने पनि म केही देखिदन।’
उनले अहिले कामका बेला लेखा परिक्षणमा बढी केन्द्रीत हुन नपाएको परिस्थितीमा अविश्सवास गर्न नमिल्ने धारणा राखेका छन्। उनले भने, ‘भष्ट्रचार गर्नै बसेका थिए, अलिकती पैशा पाउने बितिकै भष्ट्रचार नै गरे होलान् भन्ने आशंका गर्नुपर्ने त्यो स्थिती होइन।’ कोरोनाभाइरसको महामारी बेला भ्रष्टाचार गर्नेलाई सरकारले नछाड्ने बताएका छन्।
उनले भने, ‘बजेट सिमीत छ आवश्यकता असिमीत छ।’ यस्ताे अवस्थामा पनि कोभिड–१९ का विरुद्ध लडिरहेका स्थानिय तह, प्रादेशिक सरकार र संघीय सरकारले गरेका कामको उनले प्रशंसा गरेका छन्।