काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट अहिलेसम्म निधन भएका १५ जना सबै कोरोनाकै कारण मात्र मृत्यु नभएको बताएका छन् । संसदमा बजेटमाथी सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले अहिलेसम्म मृत्यु भएका १५ जना मध्ये सबै कोरोनाकै कारण मृत्यु नभएको उनको भनाई थियो ।
उनका अनुसार कतिपय जटिल बिरामी भएका र विभिन्न रोगका कारण उपचार गराइरहेकाहरूमा संक्रमण हुन पुग्दा उनीहरूको मृत्यु भएको हाे । साथै उनले नेपालीमा रोग प्रतिरोधात्मक क्षमता उच्च रहेको भन्दै अन्य देशको तुलनामा नेपालमा कोरोनाका कारण मृत्युदर निकै कम रहेको बताए ।
उनले नेपालमा आफ्नो सरकार कोरोनाबाट हुने मृत्यु कम गर्न लागिरहेको पनि बताएका छन् ।