काठमाडौं– कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना भाइरसको बारेमा धेरै कुरा थाहा नभएको आरोप लगाएका छन्। प्रतिनिधी सभाको बुधबारको बैठकमा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीलाई कोरोना भाइरसको बारेमा धेरै कुरा थाहा छैन तर थाहा छैन भन्ने थाहा छैन।’ हङकङमा नेपालमा क्षमता नभएर पठाइएको होइन त्यो बेला रिएजेन्ट काँही नभएर पठाइएको उनले बताए। उनले सरकारले किनेको ५ वटा पिसिआर मेसिन ५ वटा नै नचल्ने बताए।
त्यस्तै उनले सरकारसँग आफुँले बनाएको मापदण्ड एक पटक पढ्नु भएको छ भन्दै प्रश्न गरेका छन्। हाम्रो रोग प्रतिरोधक क्षमता बढी छ भनेर कसले भन्यो ? नेपालमा मृत्युदर कम छ भन्नेले उमेर समूहको आधारमा विश्व सँग दाजेर हेर्नुभएको छ ?
उनले भष्ट्रचार र स्वास्थ्य साम्रग्रीको सूची राखेर संसदमा प्रस्तुत गर्न खुल्ला आहवानसमेत गरे। ‘भारतबाट नेपालमा भित्रिएका नेपाली नागरिक हुन् वा व्यक्ती हुन् ?’ उनले प्रश्न गरे ‘उनीहरुको चीन्ता गरेर व्यवस्था गर्न क्वोन्टिन सरकारले बनाउने हो या हामीले ?’
त्यसको तयारी गरेको भए आज कोसैलाई दोष लाउन पर्ने थिएन र न्युजल्याण्डका प्रधानमन्त्री नाचेको जस्तो हाम्रो प्रधानमन्त्री नाचेको हेर्न पाइन्थ्यो।