काठमाडाैं - समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई संविधान संशोधन विधेयक खारेजको माग गर्दै दर्ता गरेको प्रस्ताव फिर्ता लिन उनको पार्टीले निर्देशन दिएको छ । साथै उनले संशोधन प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएका छन् ।
बुधबार पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् ।
गिरीले सरकारले निशान छापमा नयाँ नक्सा राख्ने विषयमा प्रस्तुत गरेको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न संशोधन प्रस्ताव दर्ता गराएकी छन् ।