१.थप २ सय ७९ जनामा संक्रमण पुष्टि, संक्रमितकाे संख्या ४ हजार ३ सय ६४
गत २४ घण्टामा देशभर २ सय ७९ कोरोनाभाइरसका संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अाज थपिएका संक्रमितमा २५७ जना पुरुष र २२ जना महिला रहेको बताए । यस्तै संक्रमित मध्ये ४ हजार ५५ जना पुरुष र ३ सय ९ जना महिला छन्।
२.प्रधानमन्त्रीको आक्रोश : कार्पेट किन्ने राष्ट्रपतिले हो ?
प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको विरोध गर्न राष्ट्रपतिविरूद्ध प्रहार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफमा उनले मिडिया तथा केही व्यक्तिहरु उद्देश्यमूलक ढंगले सरकार तथा व्यवस्थाविरुद्ध नै लाग्न थालेको बताए।
३.नेपालमा १५ जनाको मृत्यु कोरोनाबाट मात्र भएको होइनः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट अहिलेसम्म निधन भएका १५ जना सबै कोरोनाकै कारण मात्र मृत्यु नभएको बताएका छन् । संसदमा बजेटमाथी सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले अहिलेसम्म मृत्यु भएका १५ जना मध्ये सबै कोरोनाकै कारण मृत्यु नभएको उनको भनाई थियो ।
४.संविधान संशोधन प्रस्ताव फिर्ता लिन सरिता गिरीलाई समाजवादी पार्टीको निर्देशन
समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई संविधान संशोधन विधेयक खारेजको माग गर्दै दर्ता गरेको प्रस्ताव फिर्ता लिन उनको पार्टीले निर्देशन दिएको छ । साथै उनले संशोधन प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएका छन् ।बुधबार पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् ।
५.अहिले हिसाबको चिन्ता नगरौँ, कोभिड–१९ को गरौँः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले हिसाबको चिन्ता नगरी कोभिड–१९ को विषयमा चिन्तिन हुन आग्रह गरेका छन्। उनले संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा हरेक कुराको हिसाब किताब आउँछ त्यसैले यसबारे धेरै चिन्तित हुन नपर्ने बताए।
६.विनियोजन विधेयक, २०७७ पारित
प्रतिनिधिसभाले विनियोजन विधेयक, २०७७ लाई पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयक निर्र्णयार्थ प्रस्तुत गरेका सदनले बहुमतले पारित गरेको हो ।यसअघि अर्थमन्त्री डा युवराज खतिवडाले बैठकमा उक्त विनियोजन विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा सभामुखले उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।
७.प्रधानमन्त्रीलाई धेरै कुरा थाहा छैन तर थाहा छैन भन्ने थाहा छैनः गगन थापा
कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना भाइरसको बारेमा धेरै कुरा थाहा नभएको आरोप लगाएका छन्। प्रतिनिधी सभाको बुधबारको बैठकमा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीलाई कोरोना भाइरसको बारेमा धेरै कुरा थाहा छैन तर थाहा छैन भन्ने थाहा छैन।’ हङकङमा नेपालमा क्षमता नभएर पठाइएको होइन त्यो बेला रिएजेन्ट काँही नभएर पठाइएको उनले बताए। उनले सरकारले किनेको ५ वटा पिसिआर मेसिन ५ वटा नै नचल्ने बताए।
८.कर्णालीमा थप तीनवटा पिसिआर मेसिन थपिँदै
प्रयोगशालामा ठूलो सङ्ख्यामा थ्रोट स्वाब थन्किएपछि कर्णालीमा थप तीनवटा पिसिआर मेसिन खरिद गर्न लागिएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा प्रदेश अस्पताल सुर्खेत र दुल्लु अस्पताल तथा दैलेखको नारायण नगरपालिकाको सहयोगमा त्यहाँस्थित जिल्ला अस्पतालमा पिसिआर मेसिन खरिद प्रक्रिया अगाडि बढाइएको हो ।
९.सवारी दुर्घटनामा बाबुछोरासहित सात जनाको मृत्यु
बितेका २४ घण्टामा राजधानी काठमाडौँसहित मकवानपुर, कैलाली, सिरहा र धनुषामा भएका सवारी दुर्घटनामा परी सातजनाको मृत्यु भएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा विपरीत दिशाबाट आएका मोटरसाइकल ठोक्किदा मकवानपुरको थाहा नगरपालिका–२ का २५ वर्षीय सर्जन नेपालीको मृत्यु भएको छ ।
१०.पूँजीगत खर्च ३० प्रतिशत
चालू आर्थिक वर्षको एघार महिनामा ३० प्रतिशत पूँजीगत खर्च (विकास खर्च) भएको छ । महालेखा नियन्त्रक कार्यालयको यही जेठ २७ गतेसम्मको तथ्याँकनुसार पूँजीगत खर्चमा कुल अनुमानित खर्चको ३० दशमलव १६ प्रतिशत खर्च भएको देखिएको छ ।