काठमाडाैं - विदेशमा रहेका नेपाली उद्धार गर्ने क्रममा आज बिहीबार ३०० नेपाली कुवेतबाट नेपाल आइपुगेका छन्। कुवेतबाट दुवै जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे छ । दुइपटक गरेर एयरबस ए३२०–२५१एन दुई जहाजमा कुल ३ सय नेपालीहरु स्वदेश फर्किएका हुन्।
नेपाली नागरिक लिएर जजिरा एयरवेजका जहाजहरु नेपाल आएका हाे । साढे ११ बजे आइपुगेको एयरवेजको पहिलो जहाज काठमाडौंबाट कुवेत फर्किएको छ भने अर्को जहाज भर्खरै विमानस्थलमा अवतरण गरेको छ ।
काठमाडाैं अाएका उनीहरुलाई नेपाली सेनाले प्रदेश अनुसार होल्डिङ सेन्टरमा लानेछ।उनीहरु १४ दिन सरकारले निर्धारण गरेको क्वारेन्टिनमा बस्नुपर्नेछ।
कुवेतले बिनाजरिवाना स्वदेश फर्किन पाउने गरी अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा राखिएका नेपालीलाई आफ्नै खर्चमा दैनिक दुइटा विमानमार्फत नेपाल पठाउन नेपाल सरकारसमक्ष प्रस्ताव राखेको थियो।
अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा २ हजार ९ सय ९१ नेपाली छन्। तीमध्ये १ हजार ६ सय ८८ पुरुष र १ हजार ३ सय ३ महिला छन्।कुवेत सरकारका अनुसार यी सबै नेपाली नेपाल फर्काउन कम्तीमा २० उडान गराउने तयारी छ ।