काठमाडौं – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले माध्यामिक शिक्षा परीक्षा (एसईई) लाई कानुनी रुपमै खारेज गर्न माग गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत नेता थापाले सरकारले यस वर्ष एसईई परीक्षा नलिने र आन्तरिक मूल्यांकनबाटै आएको नतिजालाई मान्यता दिने निर्णय सही भएको बताएका छन् ।
‘यस वर्ष एसईई परीक्षा नहुने, सही निर्णय ! कक्षा ११ को परीक्षा पनि आन्तरिक मूल्यांकनबाट निर्धारण हुने व्यवस्था गरौं र अबबाट एसईई कानुनी रूपमा नै खारेज गरौं । कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षाको रूपमा लिऔं । शिक्षा प्रणालीमा परिवर्तनको लागि, संकटले उपलब्ध गराएको अवसरलाई खेर जान नदिऊँ’, सांसद थापाले लेखेका छन् ।
उनले कक्षा ११ को परीक्षा पनि आन्तरिक मूल्यांकनबाट निर्धारण व्यवस्था गर्न माग गर्दै १२ १२ को परीक्षालाई राष्ट्रिय परीक्षाका रुपमा लिन आग्रह गरेका छन् ।